HomeFeatureधर्म केवल चुनावी प्रयोगका लागी मात्र भईरहेको मुख्यमन्त्री बेनर्जी आरोप, नेताजीले राष्ट्रिय...

धर्म केवल चुनावी प्रयोगका लागी मात्र भईरहेको मुख्यमन्त्री बेनर्जी आरोप, नेताजीले राष्ट्रिय सम्मान नपाइएकोमा दुखेसो

दार्जीलिङ, 23 जनवरी 2020

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफु हिन्दु भएपनि सबै धर्मलाई अनुसरण गर्ने गरेको बताउनु भएको छ। दार्जीलिङको मलमा आयोजित नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्तीका अवसरमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री बनर्जीले 12 मई 1940 मा बंगालको झाडग्राममा नेताजीले गरेको सम्बोधन स्मरण गर्दै उहाँले धर्म केवल चुनावी प्रयोगका लागी हुने भएकाले यसलाई समर्थन नगर्न भनेको बताउनु भयो। उहाँले हिन्दु धर्म केवल एक व्यक्तिका लागी नभएको भन्दै स्वामी विवेकानन्दले सँधै हिन्दु धर्म सबैका लागी भएको भन्ने कुरा सँधै भन्ने गरेको बताउनुभयो । मुख्यमन्त्रीले आफु हिन्दु भए पनि आफुले सबै धर्मको पर्वहरु मनाउने गरेको बताउनुभयो । उहाँले देशका जनता र उनिहरुको धर्मलाई माया गर्ने व्यक्ति नेता हुने समेत बताउनुभयो।

उहाँले नेताजी राष्ट्रिय नेता भए पनि उहाँलाई राष्ट्रिय रुपमा सम्मान नपाइएकोमा दुखेसो पोख्नुभयो । नेताजीको जन्मजयन्तीका अवसरमा राज्य विदा हुने गरेको भएपनि आजसम्म राष्ट्रिय विदा भने दिइने  नगरेको बताउनुभयो । आफु सत्तामा आएपछि राष्ट्रिय विदाका लागि फाईल बढाए पनि केही नभएको बताउनुभयो । उहाँले नेताजीको जन्मजयन्तिका बारेमा सबैलाई थाहा भएपनि पूण्यतिथीबारे कसैलाई थाहा नभएको बताउनुभयो। उहाँले नेताजीले तिमी मलाई रगत देऊ म तिमीलाई मुक्ती दिन्छु भन्ने नारा दिएको तर बी.जे.पी.-ले केवल रगत चुस्ने राजनीति गरिरहेको बताउनुभयो।

मुख्यमन्त्रीले NRC, CAA र NPR विरुद्ध देशव्यापी आन्दोलनमा मानिसहरुले आफ्नो रगत दिइरहेको समेत बताउनु भयो। उहाँले नेताजी खर्साङमा बस्नुका साथै उहाँले दार्जीलिङलाई माया गर्नुभएकोले आफु सरकारमा आएदेखि नेताजीको जन्मजयन्ती दार्जीलिङमा मनाउने गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...