HomeFeatureधादिङमा २७ जनामा दादुरा संक्रमण देखियो

धादिङमा २७ जनामा दादुरा संक्रमण देखियो

काठमाडौँ, २५ फरवरी, २०२०
धादिङको बेनीघाटमा २७ जनामा दादुरा संक्रमण देखिएको छ । बेनीघाटस्थित चेपाङ बस्तीका २७ जनामा एकैपटक संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नमुना परीक्षणका क्रममा उनीहरूमा दादुरा पोजेटिभ देखिएको हो । सो ठाउँका मानिसको ढाड, पिठिउँ, अनुहारमा स–साना राता दाना देखापरेको थियो । साथै, टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा दाना फैलिन थालेपछि उनीहरूमा दादुराको आशंका गरिएको थियो ।

बिरामीको नमुना परीक्षणका लागि आइतबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो । गम्भीर बिरामी परेका तीनजनामध्ये दुईजनालाई कान्ति बाल अस्पताल र एकजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । डा. गौतमका अनुसार ६ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुरा संक्रमण देखिएको छ । सरकारी टोली प्रभावित क्षेत्रमा पुगेर अध्ययन गर्दा त्यहाँका बालबालिकाले पाउनुपर्ने ११ प्रकारका खोप नियमित नलिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...