HomeFeatureनक्कली पासपोर्ट बोकेको आरोपमा चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ

नक्कली पासपोर्ट बोकेको आरोपमा चर्चित फुटबलर रोनाल्डिन्हो पक्राउ

नयाँदिल्ली, ६ मार्च, २०२०
फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली दस्तावेज प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
सन् २००२ को विश्वकप विजेता ३९ वर्षीय खेलाडीलाई रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायोबाट भाइ रोबर्टोसँगै बुधबार राति पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

ला नासियोनका अनुसार उनी र रोबर्टो पाराग्वेन नागरिक बनेर होटलमा बसिरहेका थिए । पाराग्वेको प्रहरीका अनुसार रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय थियो ।

दक्षिण अमेरिका र युरोपमा सफल करियर बिताएका रोनाल्डिन्होले च्याम्पियन्स लिग, ला लिगा र सिरिए ए को उपाधि जितेका थिए । सन् २००५ मा उनले बालोन डि ओर जित्नुका साथै सन् २००४ र २००५ मा फिफा वर्ष खेलाडीको उपाधि पनि जित्न सफल भएका थिए। उनले सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजित विश्वकप जितेका थिए भने सन् १९९९ मा कोपा अमेरिकाको उपाधि पनि हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...