Homeसमाचारनेपालनक्कली भुटानी शरणार्थी प्रकरण सुनुवाई ‘सरेको सर्‍यै’

नक्कली भुटानी शरणार्थी प्रकरण सुनुवाई ‘सरेको सर्‍यै’

नक्कली भुटानी शरणार्थी प्रकरण सुनुवाई सरेको सर्‍यै

ाठमाडौं, 13 अक्टोबर 2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरुको मुद्दाको सुनुवाई उच्च अदालतमा सरेको सर्‍यै छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५ वर्षयता जारी रहेको ठगी तथा संगठित अपराधको यो गिरोहका नाइकेहरुलाइ गत वर्ष चैत १२ मा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

उच्च अदालतमा पालोक्रममा हरेक बिहीबार पेशी चढ्ने भएकाले आसन्न दशैं पर्वपछि कात्तिक १६ मा शरणार्थी मुद्दाको पेशी चढ्नेछ ।  काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशपछि विगतमा पक्राउ परेकामध्ये टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका थिए ।

यो प्रकरणमा संलग्न रहेको प्रमाण पाइएपछि तत्कालिन गृहमन्त्री बालकृष्ण खाण (वैशाख २७), सांसद एवं तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी (वैशाख ३१), तत्कालीन गृह सचिव एवं बहालवाला उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे (वैशाख २०) र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई(वैशाख १९)मा पक्राउ परेका थिए । त्यस्तै, पूर्व सांसद आङटावा शेर्पा, गृहमन्त्री खाणका निजी सहयोगी नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, सागर थुलुङ राई, शमशेर मियाँ, आशिष बुढाथोकी, सन्दीप रायमाझी, रामशरण केसी र टेकनाथ रिजालसमेत पक्राउ परेर पहिलो चरणमा पूर्पक्ष थुनामा बसेका थिए ।

असार १ मा काठमाडौं जिल्ला अदालतले गरेको आदेश विपरितको भएको भन्दै थुनामा रहेका पूर्व विशिष्ट पदाधिकारी खाण, रायमाझीसहितले पाटन उच्च अदालतमा साउन १२ गते निवेदन दर्ता गराएर आफुले थुनामुक्त भएर मुद्धा लड्न पाउनुपर्ने जिकिर गरेका थिए । उनीहरुको निवेदन साउन यता ५ पटक पेशीमा चढेपनि सुनुवाइ हुन सकेको छैन ।

ठगी, किर्ते, राज्यबिरुद्धको र संगठित अपराधका ४ अभियोगमा थुनामा रहेकामध्ये कांग्रेस र एमालेका बरिष्ठ नेता समेत रहेका पुर्व मन्त्रीहरु खाँड र रायमाझीलाई भद्रगोल जेलमा राखिएको छ । यीमध्ये कांग्रेसका केन्द्रिय सदस्य रहेका खाँड अझै पार्टीगत कारबाहीमा परेका छैनन्, उनलाई भेट्न केन्द्रीय नेताहरु भद्रगोल जेल दिनहुँजसो गईरहेका छन् । एमाले सांसद एवं केन्द्रीय सचिव रायमाझीलाई भने एमाले दलले निलम्बन गरिसकेको छ ।

यो अभियोगमा जोडिएर पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरजसहितका १४ आरोपित गत वैशाखदेखि फरार सूचीमा रहेका छन् । यही प्रकरणमा थप १८ जना पीडितले उपत्यका अपराध अनुसन्धान कार्यालयमा गत साउन ३० मा उजुरी दिएपछि यसमा जोडिएको राजनीतिक संलग्नता र आरोपीको थप खुलासा हुने देखेर यो अनुसन्धानमा जुटेका सम्बद्ध प्रहरी अधिकृतहरुलाई गृह मन्त्रालयले सरुवा गरिसकेको छ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका बरिष्ठ राजनीतिक नेतासहित आरोपितलाई पूर्पक्ष थुनामा पठाउने काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलाई पनि असोज पहिलो सातामा रुकुमकोट जिल्ला अदालतमा सरुवा गरिएको थियो ।

पहिलो चरणको अनुसन्धान र अदालती प्रक्रिया अघि बढेपनि उपत्यका अपराध अनुसन्धान कार्यालयले अहिले दोस्रो चरणमा कुनै प्रकारको अनुसन्धान अघि बढाउन सकेको छैन । फरार सूचीमा रहेकालाई पक्राउ गर्ने आँट पनि देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...