काठमाडौं, 23 सितंबर 2022
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै मन्त्रीकी श्रीमतीविरुद्ध मुद्दा दायर भएको छ । कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव निम्न माध्यमिक विद्यालय (हाल मावि) देवरियामा अध्यापनरत शिक्षक गीता सोडारीले नक्कली प्रमाणपत्र पेस गरी शिक्षण गरेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध काठमाडौँ विशेष अदालतमा मुद्दा दायर गरेको छ । शिक्षिका सोडारी सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् । अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद सजाय र जरिवाना मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार सोडारीले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र भारतबाट नक्कली बनाएर ल्याइ बुझाएर सरकारलाई ढाँट्ने वा नोक्सान पुर्याउने काम गरेकी छन् ।









































