HomeFeatureनयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

काठमाडौं, 17 सितम्बर 2021

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो । गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो । ८ तलाको ल्होत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले आफुहरुले चुनौतीका बिच अर्बौ खर्च गरेर मल निर्माण गरिएको भन्दै राज्यले पनि व्यवसायीहरुलाई व्यवसायका लागि सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो । उहाँले राज्यले व्यवसायीको व्याजको सहजीकरण गरिदिनुपर्नेमा उहाँले जोड दिनुभयो । मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेष्टुरेन्ट, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यू वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको छ । त्यस्तै वैंक, वित्तिय संस्था, सहकारी, सैलुन लगायतका पसलहरु पनि सञ्चालनमा रहेका छन् । उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट समेत रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको तथा ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको अध्यक्ष कुँवरले बताउनुभयो । बसका चालक, सहचालक र यात्रुहरुलाई लक्षित गरेर सहुलियतदरमा सफा र स्वस्थ खाना, खाजा र बस्नको व्यवस्थाका लागि होटल तथा लजको समेत व्यवस्था गरिएको छ । बसपार्कभित्र अपांगमैत्री शौचालय, पेट्रोल पम्प, ग्यारेज र प्रहरी कार्यालय समेत सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...