७ पुस, नयाँ दिल्ली
। नागरिकता कानुन संशोधनविरुद्ध भारतब्यापी आन्दोलन खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई झारखण्डको चुनावले धक्का दिएको छ । महाराष्ट्रको चुनावमा पराजयलगत्तै भाजपाले १७ वर्षसम्म शासन गरेको झारखण्ड पनि गुमाउनुपर्ने अवस्था आएको हो ।
झारखण्ड राज्य सरकारका लागि भएको चुनावमा सोमबार साँझसम्मको मतगणनामा झारखण्ड मुक्ति मोर्चा र कांग्रेसको गठबन्धनको बहुमत निश्चित भएको छ । कुल ८१ सिटका लागि भएको निर्वाचनमा बहुमत सिटमा अगाडि छ ।
आठ महिनाअघि भएको लोकसभा चुनावमा एक्लै अत्यधिक बहुमतका साथ दोस्रो पटक प्रधानमन्त्री बनेका भाजपाका मोदीले क्षेत्रीय पार्टीहरुलाई दमन गर्न खोज्दा एकपछि अर्को ठूला राज्यमा उसले सत्ता गुमाउँदै गएको विश्लेषण गरिएको छ ।
झारखण्ड भारतको २८ औं राज्य हो,जुन स्थापना भएको १९ वर्षमध्ये १७ वर्ष भाजपाले शासन गर्दै आएको थियो। भारतीय राजनीतिक विश्लेषकहरुले लोकसभा चुनावको अति आत्मविश्वासका कारण ठूला राज्यहरु गुम्दै गएको बताएका छन् ।









































