काठमाडौं, 31 मार्च 2023
नवनियुक्त मन्त्रीहरूले शपथ ग्रणह गरेका छन् । मन्त्रीहरूले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दस दलीय गठबन्धनबाट शुक्रबार दस जना मन्त्रीलाई नियुक्त गरेका थिए। जसजसअनुसार नेपाली कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन्।
त्यस्तै माओवादीबाट शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएका छन्। त्यस्तै भौतिकमा रहेका उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने माओवादीका अन्य मन्त्रीको पद यथावत राखिएको छ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास र प्रकाश ज्वाला भौति पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन्।
त्यस्तै जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नेपाल समाजवादीबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन्।









































