नयाँ दिल्ली, 22 जनवरी
सर्वोच्च अदालतले नागरिकता संशोधन कानून रोक्का गर्न अस्वीकार गरेको छ । प्रधान-न्यायाधीश एस ए बोबडेको अध्यक्षता रहेको इजलासले आज केन्द्र सरकारको धारणा नसुनेरै नागरिकता संशोधन कानून CAA रोक्ने कुनै आदेश नसुनाउने भनेको हो । सर्वोच्च अदालतले यस सम्बन्धमा आफ्नो प्रतिक्रिया दिन केन्द्र सरकारलाई 4 साताको समय दिएकोछ । सर्वोच्च अदालतले यस मुद्धाको सुनुवाईका लागि ठूलो संवैधानिक इजलास गठन गर्ने पनि निर्णय गरेको छ । केन्दर् सरकारका तर्फबाट अदालतमा उपस्थित रहनु भएका एटर्नी जनरल केके वेणुगोपालले सरकारले 143 याचिका मध्ये 66 को याचिकाको प्रतिलिपी बुझाएको र बाँकीको याचिकामा जवाफ दिन समय लाग्ने बताउनु भएको छ । केही याचिकाकर्ताहरुले CAA को कार्यान्वयनलाई रोक्न र राष्ट्रीय जनसंख्या पंजीकरणलाई सार्न सर्वोच्च अदालतलाई आग्रह गरेका थिए । अफ्गानिस्तान, पाकिस्तान र बंगलादेशका धार्मिक अल्पसंख्यकहरुलाई नागरिकता प्रदान गर्ने कानूनलाई 12 दिसम्बर 2019 मा राष्ट्रपति रामनाथ कोविन्दले अनुमोदन गर्नु भएको थियो ।
नागरिकता संशोधन कानून रोक्का गर्न सर्वोच्च अदालतद्नारा अस्वीकार
सम्बधित | RELATED
ताजा समाचार | LATEST NEWS
रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका
काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका
काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने
राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै
भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद
अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...









































