HomeFeatureनायक सलमानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’मा नायिका पूजा

नायक सलमानको नयाँ फिल्म ‘कभी इद कभी दिवाली’मा नायिका पूजा

मुम्बई, १४ फरवरी, २०२०
भारतका बलिउड नायक सलमान खान फिल्म ‘राधे’मा व्यस्त छन् । नायक सलमान खानका चलचित्र हरेक बर्षको इदमा रिलिज हुन्छन् । सन् २०२० को इदमा रिलिज हुने यस फिल्ममा सलमानलाई एक्सन अवतारमा देख्न पाइनेछ । राधे रिलिज नहुँदै अर्को वर्षको इदलाई लक्षित गर्दै सलमानले नयाँ फिल्म घोषणा गरिसकेका छन्, ‘कभी इद कभी दिवाली’ ।

फिल्ममा सलमानको जोडी को होला भन्ने कौतुहलता धेरैमा थियो । अब भने फिल्मको लागि नायिका पनि पक्का भएकी छिन् । सलमानको जोडी बन्नको लागि पूजा हेग्डे तयार भएकी छिन् । निर्माण पक्ष र पूजाबीच सम्झौता पनि भइसकेको छ । फिल्मलाई सलमान र निर्माता सजिद नाडियडवालाले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । फिल्ममा सलमान बिल्कुलै भिन्न अवतारमा प्रस्तुत हुने बताउँदै आएका छन् । पूजाले यसअघि फिल्म ‘हाउसफुल ४’मा काम गरिसकेकी छिन् । फिल्मका निर्माता पनि सजिद नै हुन् । उनैले पूजालाई सलमानसँग जोडी बाध्ने अवसर दिएका हुन् ।

यसै विषयमा प्रतिक्रिया दिँदै सजिदले ‘हाउसफुल ४’ मा काम गर्दा म पूजाको कामबाट निकै प्रभावित भएको बताएका छन् । ‘यस फिल्मको लागि सुहाउँदो भएपछि पूजालाई नै फिल्ममा राखियो’, उनले भनेका छन् ।

पूजा पनि सलमानसँग काम गर्नको लागि निकै उत्साहित छिन् । पूजाले भनिन्, ‘म आफैँ सलमानको फ्यान हुँ । अहिले उनीसँगै काम गर्ने मौका मिलेको छ । फिल्मलाई लिएर निकै उत्साहित छु ।’ पूजाले फिल्ममा गाउँले सोझी युवतीको भूमिका निर्वाह गर्ने्िछन् । फिल्ममा सलमानको भूमिका भने अहिलेसम्म खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...