HomeFeatureनारायण बीपी र देवी घर्तीको स्वरमा परदेशीको पीडा समेटिएको मार्मिक दशैं गीत...

नारायण बीपी र देवी घर्तीको स्वरमा परदेशीको पीडा समेटिएको मार्मिक दशैं गीत “परदेशी” बजारमा

नयाँ दिल्ली, 17 अक्टोबर 2020

नेपालीहरुको महान चाड वडा दशैं आजबाट शुरु भइसकेको छ । दशै घर जस्तो अन्त कहाँ रमाइलो हुन्छ र । रोजगारीका लागि विदेशीएका युवाहरु पनि दशैँका लागि घर आउने गर्दछन । तर अहिले कोरोना महामारीसँगै बद्लिएको परिवेशमा रोजगारीका लागि गएका युवाहरु नेपाल फर्कन पाएका छैनन ।

यसै पीडालाई गीतमा उतारेर चर्चित लोक तथा दोहोरी गायक नारायण विपी परियारले दशै विशेष गीत ‘परदेशी’ बजारमा ल्याएका छन । नारायण विपी परियारको आफ्नै र गायिका देवी घर्तीको स्वरमा रहेको ‘परदेशी’ गीतमा अभिनयपनि नारायण विपी परियार र लोकदोहोरी गायिका विष्णु श्रीपालीको रहेको छ । बबी जिसीको लय/ शब्दमा रहेको उक्त गीतको निर्देशन गायक विक्रमबाबु विश्वकर्माले गरेका छन। त्यसैगरी उक्त गीतको छायांकन/सम्पादन शोभाखर पन्त र कृष्ण शर्माले गरेका हुन ।

यस गीतमा धन कमाउन परदेशमा गएका लाखौ नेपालीहरु विभिन्न कारणले दशैं मनाउन आफ्नो जन्मथलो गाउँ घरमा आउन नपाउँदाको पिडा प्रस्तुत गरिएको छ । यो गीतलाई विदेशमा रहेका नेपालीका साथै पारिवारिक विछोडमा रहेका नेपालीहरुले निकै मन पराईरहेका छन ।

यस्तो छ भीडियो

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...