नयाँदिल्ली, ५ मार्च, २०२०
सन् २०१२ मा भारतको राजधानी दिल्लीमा भएको एउटा जघन्य घटनामा दोषी ठहर भएका चार जनालाई फाँसीको नयाँ सजाय तोकिएको छ । नयाँ मिति अनुसार २० मार्च २०२० बिहान ५:३० मा उनीहरूलाई फाँसी दिने बताइएको छ । यस अघि चारमध्येका एक जना दोषी पवन गुप्ताले राष्ट्रपति रामनाथ कोविन्द समक्ष पेश गरेको दया याचिका खारेज भएको थियो ।
यस अघि तोकिएको फाँसीको मिति गुप्ताले दया याचिका माग गरेपछि स्थगन भएको थियो । निर्भया काण्डका चारै जना दोषी मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई पटियला हाउस कोर्टले फाँसीको सजाय सुनाएको हो ।









































