HomeFeatureनिर्माण व्यवसायी महासङ्घद्वारा मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता

निर्माण व्यवसायी महासङ्घद्वारा मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता

काठमाडौं, 27 अप्रैल 2022

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । निर्माण उद्योग पछिल्लो समयमा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका केही त्रुटीपूर्ण बुँदाका कारण निर्माण व्यवसाय धराशायी भएको भन्दे महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो । बुधबार महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएको छ । धर्नामा सहभागीहरुले धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, भुक्तानी हुन बाँकी रहेको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, ११औँ संशोधनमा रहेका त्रुटीहरु सच्चाउनुपर्ने लगाएतमा प्लेकार्ड प्रदर्शन गरेका छन् । महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीहरूका मागका विषयमा राज्यका हरेक तहमा जानकारी गराएपनि सम्बोधन हुन नसकेका कारण आन्दोलन गर्न बाध्य भएको बताउनुभयो । निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण गराइएको उहाको भनाई छ । महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...