HomeFeatureनिर्मार्णाधिन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन बजेट बिनियोजन गर्ने खेलकुद मन्त्रीले जनाए

निर्मार्णाधिन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन बजेट बिनियोजन गर्ने खेलकुद मन्त्रीले जनाए

काठमाडौ, 14 जून 2022

खेलकुद मन्त्रालयले निर्मार्णाधिन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिन स्थानीय तहहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा खेलकुद मन्त्रालयमाथिको बिनियोजित बजेटका बिषयमा उठेका प्रश्नको जवाफ दिदै शिक्षामन्त्री देवेन्द्र पौडेलले एक स्थानीय तह एक पूर्वाधार निर्माण गर्ने अवधारण अनुसार निर्मार्णाधिन रहेका खेल पूर्वाधारहरुलाई निरन्तरता दिदै आगामी आर्थिक बर्षमा १ सय ७१ वटा पालीकामा नै बजेट जाने प्रस्ताव गरिएको जानकारी दिनुभएको हो । उहाले स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि कार्यबिधि अनुसार मन्त्रालयले सार्वजनिक सूचना जारी गरि स्थानीय तहबाट नै उपयुक्त स्थानको छनोट गरि पूर्वाधार निर्माणका लागि प्रस्ताव माग गरिएको र सोहि प्रस्तावका आधारमा मापदण्ड पुगेका स्थानीय तहहरुलाई बजेट बिनियोजन गरिएको समेत बताउनुभयो । त्यस्तै उहाले खेलकुद र खेलाडीहरुको बिकास बिद्यालय तहबाट नै बिकास गर्नका लागि बिद्यालयहरुलाई खेलकुल उद्यमस्थलका रुपमा बिकास गर्न यसै आर्थिक बर्षबाट एक बिद्यालय एक खेल मैदान प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाले निर्माणधिन पूर्वाधारणलाई प्राथमिकतामा राखिएको र नयाँ पूर्वाधारलाई पनि अघि बढाउने दावी गर्नुभयो । जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा ढोरपाटन हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर , मदन भण्डारी रंगशाला लगाएत केहि आयोजनाहरुमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन हुन नसकेको मन्त्री पौडेलको भनाई छ । खेलकुद मन्त्री महेश्वरजंग गहतराज बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा रुस प्रस्थान गरेपछि शिक्षा मन्त्री पौडेलले उक्त मन्त्रालयका बारेमा उठेका प्रश्नको जवाफ दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...