HomeFeatureनिर्वाचनको सम्पूर्ण तयारी पूरा: निर्वाचन आयोग

निर्वाचनको सम्पूर्ण तयारी पूरा: निर्वाचन आयोग

काठमाडौं, 19 नवम्बर 2022

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

उनले स्थिर समयमा आचारसंहीताको प्रभावकारी कार्यान्वयनको लागि निर्वाचन अनुगमन टोली र मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चलन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन कर्ता लगायतका सवारीसाधनलाई अनुमति लिनु नपर्ने गरी व्यवस्था गरेको बताए ।

उनले भने, ‘नेपालको संविधानले प्रत्याभुत गरेको जनताको प्रतिष्पर्धात्मक लोकतान्त्रिक शासनप्रणाली, जनतामा निहीत सार्वभौम सत्ता, नागरिक स्वतन्त्रता,मौलिक हक, बालिक मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्सनिय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट शुरु भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३ निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहीता २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रवन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरु र तोकिएका अधिकारीहरुलाई आग्रह गरिसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...