काठमाडौं, 24 अक्तूबर 2022
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि पनि गठबन्धन नटुट्ने बताएका छन् । काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपालले संयुक्त अभियान जारी रहने बताएका हुन् ।
नेपालले भने, ‘निर्वाचनमा महाभियानलाई सफल बनाउने भनेको यात्राको समाप्ति होइन । अर्को यात्राको सुरुवात पनि हो । संयुक्त अभियान जारी रहनेछ । गठबन्धन दलमा सामेल हुनुभएका सबै दलका नेतालाई आग्रह गर्न चाहन्छु । हाम्रा साझा उम्मेदवारलाई बिजयी बनाउनुपर्छ । ’
साझा उम्मेदवारले नजिते प्रतिगमनकारीको मनोबल बढ्ने उनले बताए।
२०७४ सालमा जनताले बहुमत प्रदान गरेपछि लोकतन्त्रका मूल्य मान्यतालाई कुल्चने काम भएको बताए ।
उनले भने, ‘तत्कालीन नेकपामा हिटलरी प्रवृत्ति देखापर्यो । संविधानभन्दा माथि छु भन्ने भावना थियो ।’
संविधान ल्याउनु र अमेरिकाबाट बयलगाडा ल्याउनु एउटै हो भन्ने बयलगाडाका सिद्धान्तकारहरु पनि अहिले जिउँदै रहेको उनले बताए।









































