HomeFeatureनिर्वाचन अधिकृतले ३ निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने

निर्वाचन अधिकृतले ३ निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने

काठमाडौं, 7 अक्टूबर 2022

निर्वाचन आयोगले प्रतिनिधिसभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । असोज २१ गते बिहीबारसम्म निर्वाचन आयोगले तोकेको समयसीमा भित्र प्रतिनिधिसभातर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो । शुक्रबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थापना भएका कार्यालयहरुमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरू पनि पूरा भएको बताए । स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार र शनिबारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताए ।  निर्वाचन अधिकृतले आफ्नो मातहतबाट तीनवटा निर्वाचन क्षेत्रको उमेदवारी संकलन गर्नुपर्ने बताए । सह–प्रवक्ता अर्यालले निर्वाचन अधिकृतहरुले प्रतिनिधिसभाको लागि छुट्टै कक्ष र प्रदेशसभाको १ को लागि छुट्टै र २ का लागि छुट्टै गरेर तीनवटा ठाउँमा तोकिएको समयभित्र दर्ताको व्यवस्था मिलाइने बताए ।  सह–प्रवक्ता अर्यालले आयोगले प्रत्यक्षतर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहीताले सहज बनाएको बताए । उनले विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...