HomeFeatureनिर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक गर्यो

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक गर्यो

काठमाडौँ, २४ जनवरी
निर्वाचन आयोगले बिहीबार भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक गरेको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात वटै प्रदेशको सम्पूर्ण परिणाम आइसकेको बताउनुभयो । उहाँले निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १६ सिट र प्रदेश नम्बर २ मा २ वटा सिटमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारहरु निर्वाचित भएको जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको समेत बताउनुभयो । उहाँले प्रदेश नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इन्दिरा देवी गौतम, गोपीबहादुर सार्की आछामी, र देवेन्द्र दाहाल, प्रदेश नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तुलसा कुमार दाहाल र राधेश्याम पासवान र राष्ट्रिय जनता पार्टी नेपालका शेखर कुमार सिंह र मृगेन्द्र कुमार सिंह यादव, बागमती प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गंगा कुमारी वेलवासे र बेदुराम भुसाल, गण्डकी प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश नम्बर ५ बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बिमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, कर्णाली प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुमित्रा वि.सी. र मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेशबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शारदा देवी भट्ट र तारामान स्वांर निर्वाचित भएको बताउनुभयो ।

निर्वाचनमा ५ सय ५० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष १ हजार ५ सय ६ जना सहित कुल २ हजार ५६ जना मतदाता रहेकोमा २ हजार ४० जनाले मतदान गरेको उहाँले जानकारी दिनुभयो । सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिमको डोटीमा निर्वाचन भएको थियो । १८ जना राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम संवैधानिक व्यवस्था अनुसार ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...