HomeFeatureनिर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति ओलीको आपत्ती

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति ओलीको आपत्ती

काठमाडौं, 21 मार्च 2022

नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका प्रति आपत्ती जनाउनुभएको छ । काठमाडौंमा सोमबार बसेको एमाले पोलिट्व्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरुले राजीनामा दिनुपर्ने लगाएतका आयोगको व्यवस्थाप्रति आपत्ती जनाउनुभएको हो । ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने प्रावधान उचित नरहेको भन्दै आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको धारणा राख्नुभयो । उहाले स्थानीय तह निर्वाचनको तयारीका बिषयमा आयोगले गठबन्धन दलसंग मात्र परामर्श लिएको आरोप लगाउनुभयो । त्यस्तै उहाले अहिलेको अवस्थालाई मध्यनजर गर्दा कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले यसपालिको निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल गर्न दिन नहुने बताउनुभयो । उहाले एमालेको सांसदसम्बन्धी मुद्धालाई प्रभावित पार्नका लागि सत्ता गठबन्धनले प्रधानन्यायधिशमाथि महाभियोगको प्रस्ताव अघि सारेको उल्लेख गर्नुभयो । उहाले आफ्ना स्वार्थका लागि न्यायलयप्रति अनावश्यक टिप्पणी नगर्ने धारणा राख्नुभयो । त्यस्तै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन सभामुखले भूमिका खेलेको दोहोराउनुभयो । अध्यक्ष ओलीले अहिले देशभर एमाले प्रवेश गर्नेको लहर चलेको भन्दै एमाले प्रतिको भरोसा बढाउने काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...