HomeFeatureनिषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन खतरामा: अष्टलक्ष्मी शाक्य

निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन खतरामा: अष्टलक्ष्मी शाक्य

मकवानपुर, 31 मार्च 2021

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विगतका नराम्रा कुराहरुलाई विर्सेर अगाडी बढ्न आग्रह गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सङ्गठन कमिटीको बुधबार बसेको बैठकमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहनुभएका पौडेलले विगतका सबै नराम्रा कुरालाई विर्सेर अगाडि बढ्न कमिटीका सदस्यहरुलाई आग्रह गर्नुभएको हो। विगतका कुरा कोट्याएर गन्तव्यमा पुग्न नसकिने पनि उहाँले बताउनुभयो । सकारात्मक भएर अगाडी बढ्न समेत सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो अब सबै विगतलाई राम्रा कुराहरुलाई मात्रै राखौ । जे जति भए ती सबै कुरालाई विर्सौं र त्यसरी जाने हो भने हामी सहज ढङ्गमा हामी गन्तव्यमा पुग्न सक्छौं । फेरी तिनै विषयलाई उठाउने हो भने फेरिपनि समस्या आउन सक्छ ।

नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी भित्रको एकतालाई बलियो बनाउन आत्म समिक्षा गरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अहिलेको निषेधको राजनीतिले कम्युनिष्ट आन्दोलन नै खतरामा पर्ने सम्भावना बढेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो तपाई हाम्रै कारणले गर्दाखेरी हामी भित्रकै कारणले गर्दाखेरी आज हामी कमजोर अवस्थामा पुगेका छौं । हामी एक अर्कामा निशेधको राजनीति गरिरहेका छों । कम्युनिष्ट पार्टीलाई एकतावद्ध र बलियो बनाएर होइन आफै आफै लडेर हामी सिद्धिने स्थितिमा पुगेका छौं । त्यसो भएको हुनाले पनि यतिबेला हामीले आत्म समिक्षा गर्ने की नगर्ने र हामीले यस्तो कुरा सच्याउने की नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडी बढनु छ भने समाजवादको लक्ष्य प्राप्त गर्ने हो भने हामीले आमुल परिवर्तन गरेर देशलाई अगाडी बढाउने हो भने समृद्धि चाहने हो भने हामी सत्तामा भएको पार्टीले आफूलाई सच्याउनै पर्छ । हामी रुपान्तरित हुनै पछस् । हामीले निषेधको राजनीति गुटको राजनीति गर्न हुँदैन ।

नेतृ शाक्यले पार्टी अध्यक्ष सच्चिनुको विकल्प नरहेको पनि बताउनुभयो । पार्टीमा निशेधको राजनीतिले कसैलाई हित नगर्ने भएकाले पार्टी अध्यक्षबाटै सच्चिएर एकताको थालनि गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...