HomeFeatureनिषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण फेरि बढ्यो : स्वास्थ्य मन्त्रालय

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण फेरि बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ, 22 जुलाई 2021

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरुको उल्लंघन भइरहेको कारण कोरोना संक्रमण पुनः बढिरहेको बताएको छ । विहीबार प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको कारण कोरोना संक्रमित फेरि बढ्न थालेको जनाएको हो । मन्त्रालयका अनुसार विगत एक सातादेखि कोरोना संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । त्यस्तै, पाँच सय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली रहेका छन् । त्यस्तै, मन्त्रालयका अनुसार दुई सय भन्दा माथि संक्रमित रहेका जिल्लाहरु २६ वटा छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यको मापदण्डहरुको पूर्ण पालना गर्न/गराउनका लागि स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ । यसका साथै मन्त्रालयले आ–आफ्नो पालोमा कोरोनाविरुद्धको खोप लगाउन सम्पूर्णमा अपील पनि गरेको छ । साथै स्वास्थ्य संस्थाहरुलाई तेस्रो लहर आउनसक्ने तर्फ मध्यनजर गर्दै अक्सिजन, शैय्यालगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्तदुरुस्त राख्न आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...