HomeFeatureनीतिहिन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनितिक झेली’ः ओली

नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनितिक झेली’ः ओली

काठमाण्डौ, 28 मे 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु ‘अराजनितिक झेली’ भएको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै दलिय प्रणालीमा दलको अनुसासन भन्दा बाहिर गएर नीतिहिन गठबन्धन बनाई त्यसकै माध्यमबाट सरकारको नेतृत्वमा जान खोज्नु अराजनीतिक झेली काम भएको बताउनुभएको हो । आफ्ना लागि सरकारको नेतृत्व साधन मात्रै भएको साध्य नभएको भन्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि ताजा जनादेशमा जाने निर्णय गरेको दाबी गर्नुभयो । आफुले सांसदहरुको अस्वस्थ्य गतिविधिका कारण लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास गुम्ला कि भनेर आवधिक निर्वाचनमा जाने निर्णय गरेको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नेहरुले जनताको सार्वभौम सत्तालाई अस्वीकार गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो “ ताजा जनादेशमा जानु प्रतिगमन होइन । निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौम सत्तालाई अस्वीकार गर्नु हो । नीतिहिन गठबन्धनको भर्याङ चढेर सरकारमा जान खोज्नु भनेको अराजनितिक झेली काम हो । ”

उहाँले पहिलो पटक प्रतिनिधिसभा विघटन र त्यसयताका घटनाक्रमहरुको फेयरिस्त पनि प्रस्तुत गर्नुभयो । त्यसैगरी विश्वासको मत प्राप्त नभएपछि सरकार गठनका लागि अघि बढेका प्रक्रियाहरुका बारेमा जानकारी गराउँदै आफुले मुलुकलाई राजनीतिक अन्यौलबाट छिटो मुक्ति गर्ने बाटो अबलम्बन गरेको दावी गर्नुभयो । विगत ३ बर्ष यता नेपालले विभिन्न क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेको, संविधान पुर्ण रुपमा कार्यान्वयनमा आएको, संघीयताले स्थायीत्व प्रदान गरेको, लामो सयम देखि रिक्त संबैधानिक निकायहरुले पुर्णता पाएको, हिंसाको बाटो हिडेको समुह शान्ति प्रक्रियामा आएको, मुलुक हिंसात्मक द्धन्दबाट मुक्तहुनुको साथै पृथकतावादी गतिविधिको पनि अन्त्य हुनु यस कालखण्डको महत्वपुर्ण उपलब्धिको रुपमा रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भौतिक पुर्वाधार, सडक ,पुल निर्माण , खानेपानी, भुकम्पले क्षतिग्रस्त बनाएका ऐतिहासिक र पुरातात्वीक संरचनाको पुननिर्माण गर्ने काम भएको, सुरक्षित आवास निर्माण, सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरि काम सुरु भएको लगायतका कामहरुको विवरण नै प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...