HomeFeatureनीति तथा कार्यक्रमहरू दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न सुझाव

नीति तथा कार्यक्रमहरू दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न सुझाव

काठमाण्डौँ, 8 मे 2020

राष्ट्रियसभाको दिगो विकास समितिले सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न सरकारलाई सुझाव दिएको छ। शुक्रबार विज्ञ र सांसादहरु सँगको छलफलपछि समितिले दिगो विकासको निर्धारित लक्ष हासिल हुने गरी नीति तथा कार्यक्रम तय गर्न सुझाव दिएको हो। समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड-19 विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढङ्गले विकासलाई सोच्नुपर्ने बेला भएको बताउनुभयो। दिगो विकासका निर्धारित लक्ष्यहरु जलवायु परिवर्तनमा पर्न सक्ने जोखिम न्यूनिकरणका लागि प्रतिवद्ध रहेपनि त्यसका लागि चालिएका कदम र प्रयासहरु प्रभावकारी हुन नसक्दा विश्वले कोरोना महामारीको सामना गरिरहेको उहाँले बताउनुभयो। विज्ञहरुले भविष्यमा कोरोनाभन्दा पनि बढी भयानक अवस्थाको सामना गर्ने चेतावदी दिइरहेका बेला त्यसतर्फ सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो।

सभापति भट्टले सरकारका नीति कार्यक्रमलाई दिगो विकास लक्ष्य हासिल गर्दै थप क्रियाशील बनाउन तर्फ शुक्रबारको छलफल केन्द्रित भएको बताउनुभयो।

वातावरण विज्ञ शिलशिला आचार्यले डिजेट, पेट्रोल र ठूला होटलहरुको बैकल्पहरुमा सोच्नसकेमा मात्रै पनि वातावारण संरक्षण गर्न सकिने बताउनुभयो। नेपालको सन्दर्भमा जलविद्युतलाई प्रवद्र्धन गरी डिजेल पेट्रोलको प्रयोग घटाउने र ठूलो होटलहरुको सट्टा होम स्टेहरुको प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सांसद भैरव बहादुर श्रेष्ठले वनहरुको वैकल्पिक व्यवस्थापनका नाममा ठूलो मात्रामा वन फडानी भइरहेको बताउनुभयो।

सांसद विमला राई पौडेलले जैविक मल र जैविक विषादी बनाउने उद्योग सञ्चालन तर्फ ध्यान दिन सकेमात्रै प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्न सकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...