HomeFeatureनेकपाको बैठकमा भयो हँगामा

नेकपाको बैठकमा भयो हँगामा

काठमाडौँ, ३० जनवरी
भारतले नेपालको सिमाना मिचेको र अमेरिकी सहयोग एमसीसीसम्बन्धी एजेण्डा कार्यसूचीमा नराखेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूले हँगामा मच्चाएका छन् ।
बैठकमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले करीव साढे दुई घण्टा बोलेर हिँड्नेवित्तिकै हँगामा भएको हो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बुधबार बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको कार्यसूचीमा सिमाना मिचिएको विषय र विवादित एमसीसी किन नराखेको भनेर केन्द्रीय सदस्यहरूले उत्पात विरोध गरेका हुन् ।

महासचिव विष्णु पौडेलले बैठकको कार्यसुची पेश गरेका थिए । कार्यसूचीमा भारतले लिपुलेक, कालापानीलाई आफ्नो नयाँ नक्सामा राखेको तथा विवादित एमसीसीको विषय नराखेपछि हँगामा भएको थियो ।

केन्द्रीय सदस्यहरू भीमबहादुर रावल, विरोध खतिवडा, युवराज ज्ञवाली, जगन्नाथ खतिवडालगायत करीव ५० जनाले कार्यसूचीको विरोध गरेको उच्च स्रोतले जनाएको छ ।

केन्द्रीय सदस्यहरूले हँगामा मच्चाएपछि नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती विषयहरूमा छलफल हुनेभन्दै आश्वासन दिएपछि बल्ल केन्द्रीय सदस्यहरू शान्त भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...