काठमाडौं, 14 दिसम्बर 2021
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बोर्ड गठन गरेको हो । बोर्डको सचिवमा बिडारी चयन गरिएको माओवादी प्रतिनिधिसभा प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । त्यस्तै बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपी आछामी चयन र सचेकमा गंगा बेल्बासेलाई चयन गरेको छ । बैठकले संघीय संसदको अधिवेशनलाई प्रभावकारी बनाउने निर्णय गरेको गुरुङले जानकारी दिनुभयो । बैठकमा प्रचण्डले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन प्रचण्डले निर्देशन दिनुभएको थियो ।









































