HomeFeatureनेकपाको सचिवालय बैठक १० दिनपछि सार्दै सम्पन्न, मंसिर १३ गते अर्को बैठक...

नेकपाको सचिवालय बैठक १० दिनपछि सार्दै सम्पन्न, मंसिर १३ गते अर्को बैठक बस्ने

काठमाण्डौ, 18 नोवेम्बर 2020

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक १० दिनपछि अर्को बैठक बोलाउने निर्णय गर्दै सम्पन्न भएको हो । आगामी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । पार्टीभित्र देखिएको संकट र त्यसको निवारणका लागि यसअघि प्रस्तुत सबै प्रस्ताव र ओलीले ल्याउने प्रस्तावमा समेत आगामी बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो। १३ गतेको बैठकमा ओली र यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र अन्य प्रतिवेदनहरुमाथि छलफल हुनेछ ।

यस्तै यसअघि मंसिर १५ गतेका लागि सारिएको केन्द्रीय कमिटी बैठक पुनः १० दिन पर सारिएको छ । बैठक २५ गते बस्ने निर्णय नेकपा सचिवालयले गरेको हो । केन्द्रिय कमिटी बैठक अघि मंसिर १८ गते स्थायी कमिटी बैठक पनि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...