HomeFeatureनेकपा अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि भारतमा, राजनीतिक भेटघाट हुन सक्ने अनुमान

नेकपा अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि भारतमा, राजनीतिक भेटघाट हुन सक्ने अनुमान

नयाँ दिल्ली, 4 जनवरी 2021

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत पुग्नु भएको छ । पत्नी सीता दाहालको उपचारका लागि भन्दै प्रचण्ड भारत प्रस्थान गरेको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिनुभयो। प्रचण्डकी पत्नी सीता दाहालको मेडिसिटीमा उपचार भएपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि उपचार गर्न मुम्बई लगिएको छ।

प्रचण्ड पत्नीको उपचार गराउन भारतमा रहेपनि राजनीतिक भेटघाट हुने नहुनेबारे स्पष्ट हुन सकेको छैन । सापकोटाका अनुसार राजनीतिक भेटघाटबारे केही तय नभएको र अहिले केही भन्न सकिन्न । अहिलेसम्म उपचारकै लागि भनेर जान लागेको भएपनि पछि के हुन्छ भन्न नसकिने सापकोटाले बताउनुभयो । नेपालमा संसद विघटन भएपछि अन्तर्राष्ट्रिय समुदायले यसबारेमा नबोलेको भन्दै प्रचण्डले आपत्ती जनाउनुभएको थियो । यस अवस्थामा उपचारकै लागि भारत गएपनि राजनीतिक भेटघाट हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...