HomeFeatureनेकपा एमालेको १० औं महाधिवेशनमा विभिन्न राजनीतिक दलहरुले शुभकामना

नेकपा एमालेको १० औं महाधिवेशनमा विभिन्न राजनीतिक दलहरुले शुभकामना

चितवन, 26 नवम्बर 2021

नेकपा एमालेको १० औं महाधिवेशनमा विभिन्न राजनीतिक दलहरुले शुभकामना वक्त गरेका छन् । चितवनमा उद्घाटन भएको नेकपा उमालेको १० औं राष्ट्रिय महाधिवेशनमा विजभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकाना व्यक्त गरेका हुन । महाधिवेशनमा शुभकामना दिदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासंग आग्रह गर्नुभयो । उहाँले अहिले पनि आफूना साथीहरु कारागारमै रहनु दःखद भएको बताउनुभयो । अध्यक्ष ठाकुरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गर्दै ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको जानकारी दिनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताउनुभयो । उहाँले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताउँनु भयो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता रहेको बताउँनुभयो । नेपाली कम्युनिस्ट आन्दोलनप्रति जनताको अपार विश्वास रहनुका साथै नयाँ र समृद्ध नेपाल निर्माण गर्न चुनौती रहेको बताउनुभयो । एकता, सङ्घर्ष र सहकार्य संस्कृतिको साझा प्रयासमा सबै रहने हो भने मुलुकको विकासले कोल्टे फेर्ने उनले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशभित्रका पार्टीको अन्तरविरोध बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने बताउनुभयो । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै विश्वबाट नै कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएका बेलामा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र सबैभन्दा बढी तीतोपिरो भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष केसीले राम्रा कामको उपलब्धिको जिम्मेवारी लिने राजनीतिक दलहरूले देशमा देखिएको विभिन्न विकृति र देशका अंगहरुमा देखिएको समस्याको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...