HomeFeatureनेकपा एमालेद्धारा प्रतिनिधिसभामा बिहीबार पनि नारावाजीसहित बिरोध

नेकपा एमालेद्धारा प्रतिनिधिसभामा बिहीबार पनि नारावाजीसहित बिरोध

काठमाडौं, 30 सितम्बर 2021

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न अनुरोध गर्नुभएको थियो । उहाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने भन्दै ध्यानाकर्षण गराउनुभएको थियो । एमालेका सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अध्यादेश खारेज तथा बिधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको ५८ औं बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठकमा असोज १९ गते मंगलबार बोलाइएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठकमा बिरोध गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...