HomeFeatureनेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन नेताहरुको सुझाव

नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन नेताहरुको सुझाव

काठमाडौं, 13 सितम्बर 2021

सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन् । बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकताीन्त्रक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद सहजरुपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको बताउनुभयो । अध्यक्ष ठाकुरले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निस्कर्षबिहीन भएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले भन्नुभयो, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निस्कर्षबिहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरु नआएकोले बैठक निस्कर्षबिहीन भएको बताउनुभयो । उहाँले सबै समस्याको समाधान संवादबाटै हुने भएकोले एमाले संवादमा आउनुपर्ने र सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘प्रतिपक्षको लिडरहरु नै नआइदिनुभएको हुनाले बास्तविक निस्कर्षमा पुग्न सकिँदैन भन्ने कुरा एउटा निस्कर्ष त्यो थियो, प्रतिपक्षलाई फेरि पनि संवादबाट नै हरेक अफ्ठ्याराहरुलाई निर्णयमा पुर्याउन सकिन्छ, त्यसको लागि प्रतिपक्षलाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउनका निम्ति अनुरोध गरियो, हटलाइनबाटै सभामुखले फोन गर्दा पनि मोबाइल अफ भएर आउन नसक्ने जानकारी आयो र कानून मन्त्रीजीले पनि के स्पष्ट गराउनुभयो भने पूर्व सभामुख मान्य सुवास नेम्वाङजीले भन्नुभयो रे अध्यक्ष जीले आजको बेठकमा उपस्थित नहुने कुरा भन्नुभयो, संवादबाटै निष्कर्षमा पुग्ने हो, यसअघि पनि संसद अवरुद्ध भइरहेको हो, सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न मिल्दैन, त्यसैले प्रतिपक्ष दल संवादमा आएर सदनलाई अनिर्णयको बन्दीबाट बाहिर ल्याउनुपर्छ ।’

उहाँले बैठकमा सभामुख सापकोटालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरिएको बताउनुभयो । माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गर्दै आएको छ । भदौ २३, २५ र २७ गतेको संसदमा बिरोध गर्दै नाराजुलुस लगाएपछि सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित छ ।नु हुँदैन, प्रतिपक्ष उपस्थित हुनैपर्छ,

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...