HomeFeatureनेकपा एमाले भावनाले नचल्ने नेकपा एमालेमा नेताहरुको भनाई

नेकपा एमाले भावनाले नचल्ने नेकपा एमालेमा नेताहरुको भनाई

काठमाडौं, 29 नवम्बर 2021

नेकपा एमालेमा नेताहरुले नेकपा एमाले भावनाले नचल्ने बताएका छन् । चितवनमा जारि १० औं महाधिवेशनमा बन्दसत्रको तेस्रो दिन सोमबार बन्दसत्रमा सहभागि नेताहरुले नेकपा एमाले भावनाका आधारमा नभई सिद्धान्तका आधारमा चल्ने बताएका हुन । उनीहरुले पार्टीमा गुट नभएपनि सानातिना गुटहरु बन्न लागेको आरोप लगाउदै नेताहरुले मतदानबाट आउने निष्कर्ष नै अन्तिम हुने जानकारी दिए । ९५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु मध्य एक जनाले मात्रै दुःख दिएको आरोप लगाए । एमाले केन्द्रीय सदस्य सूर्य थापाले महाधिवेशनले नयाँ सन्देश दिने जानकारी दिनुभयो । त्यस्तै एमाले नेता घनश्याम भूषालले १० बुदे कार्यान्वयन नगर्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँले जनआदालतले गरेको फैसला स्वीकार गर्ने बताउदै महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको बताउनुभयो । एमाले नेता माधव ढुंगेलले निर्वान हुनु ऐतिहासिक अवसर भएको बताउनुभयो । उहाँले सहमतिको प्रायास हुदाहुदै पनि निर्वाचनमा जानु लोकतान्त्रिक पद्धति भएको जानकारी दिदै सबैका इच्छाको सम्ममान गरिने बताउनुभयो । त्यस्तै एमाले नेतृ पार्वती रावलले एमाले महाधिवेशन ऐतिहासिक भएको बताउदै निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो । नेता देवी ज्ञवलीले नेकपा एमाले महाधिवेशनपछि भरभराउदो हुने बताउनुभयो । उहाँले नेकपा एमाले नयाँ उर्जा र शक्तिका साथ अगाडि बढ्दै देशव्यापी रुपमा अभियान चलाउदै मतपत्र च्यातेर पनि जित्न नसकिने गरि आगामी निर्वाचनमा जित्ने बताउनुभयो । त्यस्तै एमाले नेतृ कमल ओलीले नेकपा एमाले लोकतान्त्रि पार्टी भएको प्रमाण चितवनमा देखाइदिएको बताउनुभयो । उहाँले नेकपा एमालेका कार्यकर्तामा उत्साह कायमै रकेको तर्क गर्नुभयो । नेकपा एमाले ठूलो पार्टी भएकाले अझै उर्जाका साथ अघि बढ्ने एमालेका नेताहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...