काठमाडौ, 28 सितम्बर 2021
एमालेबाट विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि सभाका सांसद विरोध खतिवडाको नेतृत्वमा मन्त्रीहरू पठाउने निर्णय गरेको छ। नेपालनिकट स्रोतका अनुसार अध्यक्ष नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु भएको हो। मन्त्रीका लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम प्रधानमन्त्री देउवालाई अध्यक्ष दाहालले बुझाउनु भएको छ । नेकपा एसले ६ मन्त्रालय पाउने जनाइएको छ









































