HomeFeatureनेकपा फुट्नुमा ओलीको हात: नेपाल

नेकपा फुट्नुमा ओलीको हात: नेपाल

काठमाडौं, 20 जुलाई 2022

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा फुटाउन केपी शर्मा ओलीको हात रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै नेपालले नेकपालाई ओलीले एकलौटी रूपमा कम्पनीझैं गरी चलाउन खोजेपछि आफूहरू एकठाउँमा बस्न नसकेको बताएका हुन् । नेकपाका तत्कालीन अध्यक्ष ओलीप्रति लक्षित गर्दै उनले भने, ‘ सरकारमा पनि आफ्नो आदेश पालना गर्नेलाई मात्र मन्त्री बनाउने काम भयो । बहुमत पुग्दैन कि भनेर पार्टीको बैठक नै बोलाइएन ।’ त्यस्तै नेपालले दुई-दुई पटक प्रतिनिधिसभा विघटन हुँदा पार्टी र देशलाई नै नोक्सान पुगेको पनि जनाए । ‘संसद् नै भंग गरेर जबर्जस्ती देशलाई चुनावमा होम्न खोजियो । राज्यका निकायहरूलाई दुरुपयोग गरी चुनाव जित्ने प्रपञ्च रचियो । लोकतन्त्र र संविधान बचाउनका लागि हजारौँ नागरिक सडकमा उत्रिए । सर्वोच्चको फैसलापछि दोस्रो पटक पनि संसद् विघटन भयो,’ नेपालले भने । ‘ओलीले यसम्यानहरूलाई सामेल गरेर एकलौटी विधान संशोधन गर्नुभयो । एकलौटी कारबाही गरेपछि हामीलाई ‘तथास्तु’ र ‘आममाफी’ भयो भन्ने काम भयो । त्यसपछि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी रहेन त्यसमा राजामहाराजाहरूको गन्ध देखिन थाल्यो । नेकपा फुटाउन ओलीले नै भूमिका खेल्नुभयो,’ उनले भने । अध्यक्ष नेपालले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गर्ने सर्वोच्च अदालतको फैसला गलत भएको बताए । २०७५ जेठ ३ गते माओवादी र एमालेबीच एकीकरणपछि नेकपा पार्टी बनेको थियो । एकीकरणको तीन वर्षमै सर्वोच्च अदालतले २०७७ फागुन २३ गते नेकपा खारेज गरेपछि एमाले र माओवादी साविककै पार्टी कायम हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...