काठमाडौं, 11 फरवरी 2022
मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) का नेता योगेन्द्र ढकाल र अजिता जिसी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले पार्टी कार्यालय थापाथलीमा शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो । कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई जोगाउन सके परिवर्तनहरु दिगो हुने बताउनुभयो । अहिले कम्युनिष्ट आन्दोलनको समस्या अराजनीतिक स्वार्थ प्रवृत्ति नै भएको उहाको भनाई छ । ओलीले चुनावसंग डराउनेहरुले गठबन्धनको कुरा गरेको र कांग्रेसको हात समातेको तर्क गर्नुभयो । पार्टी प्रवेश कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, एमाले प्युठान जिल्ला इन्चार्ज सूर्य थापा लगायतले उनीहरुलाई स्वागत गरेका थिए ।









































