काठमाडौं, 19 अक्तूबर 2021
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको हो । बिहान पार्टी कार्यालय पेरिसडाँडामा पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको पत्रकारहरुलाई दिएको जानकारी दिए । टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ । माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन पनि गरेको छ । १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च माओवादी केन्द्रले गठन गरेको छ ।यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ । भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको प्रवक्ता महराले जनाए दिए ।









































