HomeFeatureनेकपा माओवादी केन्द्रद्वारा पार्टीको बिधान परिमार्जनका लागि उपसमिति गठन गर्ने निर्णय

नेकपा माओवादी केन्द्रद्वारा पार्टीको बिधान परिमार्जनका लागि उपसमिति गठन गर्ने निर्णय

काठमाडौं, 3 दिसम्बर 2021

नेकपा माओवादी केन्द्रले पार्टीको बिधान परिमार्जनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले पाँच सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको हो । उपसमितिमा देव गुरुङ, पम्फा भुषाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहनुभएको छ । उपसमितिलाई मंसिर २५ गतेभित्र मस्यौदा तयार गर्ने जिम्मा दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिनुभयो । त्यस्तै बैठकले बैठकले प्रत्येक प्रदेशबाट ३० जना प्रतिनिधि सहभागि हुने गरी कार्यविधि तय गरेको छ भने महाधिवेशनमा सहभागि प्रतिनिधिका लागि दुई हजार शुल्क तोक्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता महराले जानकारी दिनुभयो । बैठकले हितमान शाक्यको संयोजकत्वयमा सम्मेलन व्यवस्थापन उपसमिति, प्रवक्ता महराको संयोजकत्वमा प्रचार प्रसार उपसमितिसमेत बैठकले गठन गर्दै स्वाथ्य र स्वयंसेवक उपसमिति पनि बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले लेखा समितिको प्रतिवेदन सार्वजनिक गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता महराले बताउनुभयो । बैठकमा हेरक प्रदेशका कमिटीमा घाइते अपांगलाई समेटनुपर्ने विषयमा समेत छलफल भएको प्रवक्ता महराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...