HomeFeatureनेकपा माओवादी केन्द्रले प्रतिगमनका विरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल...

नेकपा माओवादी केन्द्रले प्रतिगमनका विरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको शर्माको दाबी

काठमाडौं, 29 नवम्बर 2021

अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रले प्रतिगमनका विरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गर्नुभएको छ ।  सोमबार प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले माओवादी केन्द्रले संघीय लोकतान्त्रि गणतन्त्र स्थापना गर्न नेतृत्व गरेको र जनयुद्ध जनआन्दोलनलाई अघि बढाउदै पछिल्लो समय प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गर्नुभएको हो । उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामन्तवादको विरुद्ध लड्न नयाँ कार्यदिशा नबनाएको भए र सो अनुसारको उत्पीडित वर्ग जाति क्षेत्र र समुदायलाई आग्रह नगरेको भए नेपालमा सामन्तवादको अन्त्य हुनेमा कल्पना समेत गर्न नसकिने बताउनुभयो । उहाँले पार्टी नेतृत्वले उठाएका मुद्धाहरु राष्ट्रको एजेण्डा बनेको र त्यही एजेण्डाका आधारमा देश चलिरहेकाले राजनीतिक नेतृत्व गर्ने माओवादी हो र अध्यक्ष प्रचण्ड नेतृत्व गर्न सक्षम हुनुहन्छ भन्ने कुरा स्थापित गर्न नसक्दा विगतमा पार्टीमा अनेक खालका अन्यौलताहरु सिर्जना भएको बताउनुभयो । त्यस्तै उहाँले प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाका प्रतिनिधिलाई क्षमताको अभिवृद्धि गर्दै जनतासँग सम्बन्धि विभिन्न विधाहरुमा विश्लेषणात्मक समाचारहरु तथा सुचना प्रवाह गर्नेतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...