HomeFeatureनेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन प्रस्तावित

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन प्रस्तावित

दिल्ली, 30 मार्च 2022

नेपालमा एमसीसी पास भएको एक महिनापछि अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ। अमेरिकी राजदूतमा डिन थम्पसन प्रस्तावित भएका छन् । चीनसँग नेपाल मामिलालाई लिएर तनाव सिर्जना भएका बेला अमेरिकाले आफ्ना वरिष्ठ कूटनीतिज्ञ नेपाल पठाउन लागेको हो। डिन थम्पसन हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्दै आएका थिए। उनैलाई नेपालका लागि नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। उनी सेप्टेम्बर १५, २०२१ यता अमेरिकी विदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थिए। उनको औपचारिक नियुक्त प्रक्रिया पुरा हुन केही महिना लाग्नेछ।थप्पसन अमेरिकाको दक्षिण तथा मध्य एसिया नीति निर्माण तथा कार्यान्वयनमा संलग्न अधिकारी हुन्। थम्पसन २५ बर्षयता अमेरिकी विदेश सेवामा कार्यरत छन्, जो पछिल्लो पटक अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुख थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरे। उनीसँग दक्षिण एसिया क्षेत्रका भारत, बङ्गलादेश र श्रीलङ्कास्थित अमेरिकी नियोगहरूमा काम गरेको अनुभव छ। उनले यसअघि नेपालमा काम नगरे पनि नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए। अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए। उनको नियुक्तिसँगै हालका अमेरिकी राजदूत र्‍याण्डी बेरी स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...