काठमाडौं, 16 नवम्बर 2021
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको बिजुली नेपालले नै खपत गर्नुपर्ने जनाएका छन् । प्रधानमन्त्री देउवाले सरकारले विद्युत खपतका लागि इन्सेन्टिभ दिन पनि तयार रहेको जनाएका हुन् । प्रधानमन्त्री देउवाको विद्युतीय गाडी र चुल्हो बढाउनुपर्ने सुझाव थियो ।“काठमाडौंमा विद्युतीय बस चलाउन आवश्यक भइसक्यो,” उनले भने, “हाम्रो विद्युत खपत यहीँ गरौँ । भारतले नकिन्न पनि सक्छ । ग्यासको प्रयोग कम गरौँ । विद्युतीय गाडीको प्रयोग बढाऔँ ।” स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)को वार्षिक साधारण सभामा उनले नेपालको बिजुली भारतले नकिन्न पनि सक्ने बताउँदै नेपालले नै खपत गर्नुपर्ने जनाए ।









































