नयाँदिल्ली, २३ फरवरी, २०२०
चीनको वुहान शहरबाट फैलिएको कोरोना संक्रमणका कारण अब नेपालबाट भारत जाने हवाईयात्रुहरुको भारतीय विमानस्थलमा कोरोना परिक्षण हुन थालेको छ ।
भारत सरकारको क्याविनेट सचिवस्तरको बैठकले नेपालबाट जाने यात्रुको पनि कोरोना परिक्षण गर्ने निर्णय गरेको हो । मुम्बई विमानस्थलले मलेसिया, इण्डोनेसिया, भियतनाम र नेपालदेखि आएका हवाईयात्रुलाई स्क्रिनिङ गर्न थालिसकेको छ ।
चीनको वुहान शहरबाट फैलिएको कोरोना संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिरहेको छ । चीनसंग सम्बन्ध नरहेका देशहरुकासमेत कोरोनाको संक्रमण देखिएपछि देशहरुले सजगता अपनाइरहेका छन् ।









































