HomeFeatureनेपालमा असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सूचारु हुँदै

नेपालमा असोज ५ गतेदेखि आन्तरिक हवाई उडान सूचारु हुँदै

काठमाडौं,15 सेप्टेम्बर 2020

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले असोज ५ गते देखि आन्तरिक हवाई उडान सूचारु हुने बताउनुभएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकबाट असोज ५ गते देखि आन्तरिक उडान सूचारु गर्ने निर्णय भइसकेको मन्त्री भट्टराईले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र निर्माण सम्पन्न भएका विभिन्न चारवटा आयोजनाको उद्घाटन गर्न मंगलबार आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै मन्त्री भट्टराईले असोज ५ गते देखि आन्तरिक उडान सूचारु गर्ने निर्णय भइसकेको बताउनुभएको हो । उहाँले कोभिड १९ संक्रमणको अवस्थामा पनि विमानस्थलका कर्मचारी र निर्माण कम्पनीहरुले निरन्तर काम गरेकाले आयोजनाहरु समयमै सम्पन्न गर्न सम्भव भएको बताउनुभयो । अन्तर्राष्ट्रिय उडानलाई पनि विस्तारै पुरानै लयमा फर्किने समेत बताउनुभयो । पर्यटकहरु नेपाल ल्याउने, नेपाली नागरिकलाई ल्याउने र विभिन्न आयोजनामा काम गर्ने प्राविधिक कर्मचारीलाई ल्याउन र अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि उडानहरुलाई विस्तारै पुरानै लयमा फर्काउन आवस्यक रहेको मन्त्री भट्टराईको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल देशको ऐना समेत भएकाले बिमानस्थल भित्रका संरचनाहरुलाई सुधार गरिएको मन्त्री भट्टराईले बताउनुभयो । विज्ञान र प्रविधिले विकास गरेका चिजहरुलाई लागू गरी विमानस्थलको क्षमता बढाउँदै लैजाने पनि भट्टराईले बताउनुभयो । अहिले विमानस्थलको धावनमार्ग ३ सय मिटर थपिएको र पार्किङ क्षेत्र समेत थपिएकाले अवदेखि कुनैपनि जाहाज अवतरण र उडान गर्नका लागि होल्ड हुनुपर्ने अवस्थाको अन्त्य भएको समेत बताउनुभयो । मन्त्री भट्टराईले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित र भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अधिकतम क्षमतामा सञ्चालन गरिने बताउनुभयो । निकट भविश्यमा ठूलो संख्यामा जहाज पार्किङ गर्ने र सहजै जहाजको उडान तथा अवतरण गर्ने गरी गुरुयोजना तयार पारिसकेको समेत उहाँले बताउनुभयो । विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३ सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल, अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय प्रस्थान हल ९स्टेराइल हल गेट लाउन्ज०, अन्तर्राष्ट्रिय आगमन ‘एराइभल कभर्ड वल्कवे’ र कभर्ड हल निर्माणको काम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...