काठमाण्डौ, 31 मई 2020
नेपालमा एकैदिन आइतबार १ सय ६६ जनामा कोरोना संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार पोखरामा रहेको प्रयोगशालामा तनहुँका एक जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी ३७ जना, सुर्खेतमा सल्यानका २५ र सुर्खेतका १ गरी २६ जना, धुलिखेलमा कपिलवस्तुका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, धरानमा गरिएको परिक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ र बाजुराका २ जना गरी ५ जना, कोशि अस्पतालमा झापाका ४ र मोरङका १ गरी ५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जना गरी ६४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यससँगै देशभर १ हजार ४ सय ५० पुरुष र १ सय १७ महिला गरी कुल १ हजा ५ सय ६७ जनामा संक्रमण देखिएको हो । आइतबार संक्रमण हुने १ य ६६ मध्ये १ सय ६२ पुरुष र ४ जना महिला रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताउनुभयो । उहाँले दैलेखको दुल्लु नगरपालिकाका पैतिस वर्षिय पुरुष र बाजुराकी २ वर्षिय बालिकाको मृत्यु भएको बताउनुभयो । पछिल्लो समय बाजुरामा एक साता अघि भारतबाट आमाबुबासँग नेपाल आएकी दुई वर्षकी बालिकाको मृत्यु भएको हो । बालिकाको आज विहान २ बजेर ३० मिनेटमा मृत्यु भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।









































