HomeFeatureनेपालमा एकैदिन 5 हजार 8 जना कोरोना संक्रमित, थप 14 जनाको मृत्यु

नेपालमा एकैदिन 5 हजार 8 जना कोरोना संक्रमित, थप 14 जनाको मृत्यु

काठमाडौंं, 10 अक्टोबर
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोभिड १९ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको बताउनुभयो । त्यस मध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भएका छन् । जसमा काठमाडौंमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जना रहेका छन् । यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । जसमध्ये निको भएर घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा निको भई घर फर्किनेको संख्या १ हजार २ सय २९ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेहरुको संख्या ६ सय १४ पुगेको छ ।
संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेको पनि प्रवक्ता गौतमले बताउनुभएको छ । जसमध्ये प्रदेश १ मा १ हजार ४ सय ७७, प्रदेश २ मा ५ सय ९ जना, बागमती प्रदेशमा ९ हजार १ सय ३ जना, गण्डकी प्रदेशमा ६ सय २५ जना, लुम्बिनी प्रदेशमा १ हजार २ सय ७२ जना, कर्णाली प्रदेशमा ५ सय ५४ जना र सुदूरपश्चिम प्रदेशमा १ सय १४ जना संक्रमितहरु रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितको संख्या १७ हजार १ सय ६४ जना रहेको छ । जसमध्ये प्रदेश १ मा २ हजार १ सय ६४ जना, प्रदेश २ मा ५ सय ७९ जना, बागमती प्रदेशमा ११ हजार २ सय ६ जना, गण्डकी प्रदेशमा ५ सय ८० जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ८४ जना, कर्णाली प्रदेशमा ४ सय ११ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ४० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता गौतमले बताउनुभयो । यससँगै हालसम्म कुल ११ लाख ६४ हजार ५ सय ५७ पीसीआर परिक्षण भएको छ ।
आज देशभर कुल ४ हजार ६ सय ८६ जना क्वारेन्टाइनमा रहेको पनि प्रवक्ता गौतमले बताउनुभयो । जसमध्ये प्रदेश १ मा ४ सय ४१, प्रदेश २ मा १ सय २८ जना, बागमती प्रदेशमा ३ सय ९६ जना, गण्डकी प्रदेशमा ६ सय ११ जना, लुम्बिनी प्रदेशमा १ हजार ५ सय ७ जना, कर्णाली प्रदेशमा ४ सय ४२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ६१ जना मानिसहरु क्वारेन्टाइनमा रहेका छन् ।
मन्त्रालयले चाडपर्वको समयमा सावधानी अपनाउन पनि आग्रह गरेको छ । धार्मिक कार्यक्रममा सहभगि हुँदा बढीमा २५ जना मात्रै भेला हुन पाउने डा. गौतमले बताउनुभयो । सतहहरु, देवि देवताका मुर्तिहरु र धेरै व्यक्तिले प्रयोग गर्ने समग्री नछुन पनि मन्त्रालयको सुझाव छ । पैसाको कारोबार विद्युतिय माध्यमबाट गर्न पनि मन्त्रालयले भनेको छ ।
ज्वरो, खोकि वा स्वासप्रस्वासको समस्या भएका व्यक्तिहरु, ६० वर्षभन्दा बढी उमेरका व्यक्ति, १२ वर्ष भन्दा कम उमेरका बालबालिकाहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, मधुमेह, क्यान्सर, मुटुरोग, उच्चरत्ततचाप, मिर्गौला, कलोजो सम्बन्धी समस्या भएका, दम लगायत अन्य स्वास प्रस्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु, अंग प्रत्यारोपण गरेका व्यक्तिहरु, सरिरमा मेडिकल उपकरणहर राखेका व्यक्तिहरु, हालसालै सर्जरी गरेका व्यक्तिहरु र पछिल्लो १५ दिन भित्र सबै प्रकारका रोगको उपचारबाट निको भएका व्यक्तिहरु उच्च जोखिममा रहेकोले घर परिवार भन्दा बाहिरको भेलामा सहभागि नहुन पनि प्रवक्ता गौतमले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...