HomeFeatureनेपालमा कोरोना महामारीबाट आज 6 जनाको मृत्यु, १ हजार ८१ जना नयाँ...

नेपालमा कोरोना महामारीबाट आज 6 जनाको मृत्यु, १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाण्डौ, 9 सेप्टेम्बर 2020

नेपालमा कोरोना संक्रमण (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ८३ वर्षिया महिला र ६७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले बताउनुभयो । यस्तै कास्कीमा ७३ वर्षिया महिला, अर्घाखाँचीमा ४२ वर्षिय पुरुष, बाँकेमा ८० वर्षिया महिला र नवलपरासीमा ६४ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १२ पुगेको छ ।

आज १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको उहाँले बताउनुभयो । ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ५ सय ५, प्रदेश नम्बर २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ६२, प्रदेश नम्बर २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन ।

आज ९ सय १८ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा ३ हजार १ सय १३, प्रदेश नम्बर २ मा ९ हजार ७ सय १३, बागमती प्रदेशमा ५ हजार ९७ र गण्डकी प्रदेशमा २ हजार ३८ जना संक्रमित आजसम्म डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ९ सय १९, कर्णाली प्रदेशमा२ हजार ४ सय १० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना गरी आजसम्म ३३ हजार ८ सय ८२ जना डिस्चार्ज भएका छन । ५ हजार ८० जना क्वारेन्टिनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...