HomeFeatureनेपालमा कोरोना संक्रमितको संख्या 99 पुग्यो, आज थप 17 जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या 99 पुग्यो, आज थप 17 जनामा संक्रमण पुष्टि

काठमाण्डौँ, 6 मे 2020

नेपालमा कोरोना संक्रमितको संख्या 99 पुगेको छ। बुधबार पर्साका 17 जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या 99 पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार राष्ट्रिय परीक्षण प्रयोशालामा परीक्षण भएका नमुना मध्ये 17 वटा पोजेटिभ देखिएका छन्। 2 महिने शिशुदेखि 66 वर्ष उमेर समूहका व्यक्तिमा संक्रमण पोजेटिभ देखिएको हो। मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार 10 जना पुरुष र 7 जना महिलाको नमुना पोजेटिभ आएको हो।

यसैगरी बैशाख 11 र 14 गते उपचारपछि निको भएर डिस्चार्ज भएका 3 जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत 6 जना निको भएर घर फर्किएका छन्। अहिले उपत्यकामा 7 र बाहिर 129 गरी 136 जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन। देशभरी 19 हजार 734 जना क्वारेन्टिनमा रहेका छन्।

मन्त्रालय प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट 14 हजार 96 परीक्षण भएको छ। यस्तै आरडीटी विधिबाट 52 हजार 9 सय 70 जनाको परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा भने 9 सय 91 जनाको मात्रै परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...