काठमाडौं, 18 जून 2022
नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परिक्षणका क्रममा ११ जना र ९ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन् । हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आाइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









































