काठमाण्डौ, 30 मई 2020
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सकारले लागू गरेको लकडाउनको आज ६८ दिन पुगेको छ । गत चैत ११ गते देखि लागू भएको लकडाउन जेठ २० गते सम्मका लागि तोकिएको छ । लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर पनि लकडाउनको पालना भएको पाइएको छ । शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधन र मानिसहरुको आवागमन न्यून देखिएको छ । उपत्यकाका मूख्य सडकहरुमा अत्यावस्यक सेवा र पासवाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । त्यस्तै सडकमा मानिसहरुको आवागमन पनि देखिदैन् । उपत्याकाका भित्रि सडकहरुमा पनि लकडाउनको पालना भएको पाइएको छ । सबै पसलहरु बन्द छन भने मानिसहरुको आवागमन पनि न्यून छन् । अत्यावस्यक खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका खुल्ने गरेका छन् । मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।









































