HomeFeatureनेपाललाई अक्सिजन समस्यामा सघाउन अमेरिकाले थप रु ३२ करोड १७ लाख ५०...

नेपाललाई अक्सिजन समस्यामा सघाउन अमेरिकाले थप रु ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने

काठमाण्डौ, 13 मई 2021

नेपाललाई कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले थप रु ३२ करोड १७ लाख ५० हजार उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपाल सरकारलाई अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र अक्सिजन सिलिन्डर ढुवानीका निम्ति नेपाली जनताको तत्कालको आवश्यकतामा सघाउ पुऱ्याउन अमेरिकाले थप सहायता रकम उपलब्ध गराउने आज घोषणा गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

आज घोषणा भएको थप सहायता रकमसँगै अमेरिकी सरकारले नेपालमा कोभिड–१९ को सङ्क्रमण शुरू भएयताको एक वर्षमा समुद्रपार मानवीय सहयोग, दैवी विपत्ति सहायता तथा नागरिक सहायता कोषबाट चिकित्सा तथा स्वास्थ्य सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, कोरोना भाइरस सङ्क्रमण परीक्षण उपकरण, हातधुनेस्थल निर्माणलगायत कोभिडविरुद्धका नेपाल सरकारका प्रयासमा रु ६७ करोड ८६ लाख प्रदान गरिसकेको पनि उक्त दूतावासले जनाएको छ ।

यही वैशाख २९ गते अमेरिकाले अत्यावश्यक स्वास्थ्य उपकरण कोभिड–१९ सङ्कट समन्वय तथा व्यवस्थापन केन्द्र ९सीसीएमसी० र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...