HomeFeatureनेपालले जापानको आधुनिक प्रविधि अनुसरण गर्न खोजेको: प्रचण्ड

नेपालले जापानको आधुनिक प्रविधि अनुसरण गर्न खोजेको: प्रचण्ड

काठमाडौं, 8 अगस्त 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालले जापानको आधुनिक प्रविधि अनुसरण गर्न खोजेको बताएका छन्। अध्यक्ष प्रचण्डले जापान भ्रमणमा रहेका सोमबार प्रिफेक्चरल सरकार जापान, कृषि सहयोग डिभिजन अन्तर्गतको कुरुस अर्किड लिमिटेडको अवलोकन भ्रमणका क्रममा उक्त कुरा बताएका हुन्। भ्रमणपछि त्यहाँस्थित जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता रहेको  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्नुपर्ने बताए।  उनले भने ‘नेपाल कृषिप्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ। त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं। तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौ। यहाँ महामहिम राजदुत र नेपाली प्रतिनिधिका अगुवा पनि हुनुहुन्छ। तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्‍याउन पहल गरौं,’ । कार्यक्रममा एग्रीकल्चर सोसाइटी अफ जापानका उपाध्यक्ष मासामिची साइगो र सैतामा प्रिफेक्चरल गभर्नमेन्टका प्रतिनिधिहरुले प्रचण्डको स्वागत समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...