HomeFeatureनेपालसहित १६ देशमा भेटियो कोरोना भाइरस

नेपालसहित १६ देशमा भेटियो कोरोना भाइरस

नयाँ दिल्ली, २८ जनवरी
हामीलाई प्राप्त भएको जानकारी अनुसार कोरोना भाइरस संक्रमण झेलिरहेको चीनमा यसबाट ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ र ३ हजार मानिस बिरामी परेका छन् ।

कोरोना भाइरसका कारण हुवेईमा सबैभन्दा धेरैको ज्यान गएको छ । बीबीसीको अनुसार हुवेईमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५६ थियो भने अहिले बढेर ७६ पुगेको छ । त्यस्तै, चीनका अन्य भागका ६ जनाको पनि कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

चिनियाँ सरकारी अधिकारीहरूका अनुसार राजधानी बेइजिङमा कोरोनाका कारण पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ । ५० वर्षीय एक व्यक्तिको राजधानी बेइजिङमा कोरोना संक्रमणका कारण ज्यान गएको हो ।

वुहानलगायतका सहरमा सार्वजनिक यातायात बन्द गरिएको छ । अन्य राज्य र सहरहरूमा पनि सावधानी अपनाइएको छ । प्रकोप न्यूनीकरणका निम्ति प्रयास जारी रहे पनि संक्रमतिसँगै मृतकको संख्या बढ्दै गएपछि चिन्ता व्यक्त हुन थालेको छ ।

चीनबाहिरका अन्य राष्ट्रमा पनि कारोना भाइरसको संक्रमण देखिएको छ । बीबीसीका अनुसार, जर्मनी, अमेरिका र अष्ट्रेलियामा ४४ बिरामी भेटिएका छन् । त्यस्तै, थाइल्यान्डमा ८, ताइवान, मलेसिया र दक्षिण कोरियामा ४, फ्रान्स र जापानमा ३, भियतनाममा २ बिरामी फेला परेका छन् । नेपाल, क्यानडा, कोलम्बिया र श्रीलंकामा पनि कारोना भाइरसका बिरामी भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बेलायतका ७३ जनामा परीक्षण गरिएकोमा त्यहाँ भने कसैमा पनि संक्रमण नदेखिएको समाचारमा जनाएको छ ।

यद्यपि, यही भाइरसका कारण चीनभन्दा बाहिर भने अहिलेसम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...